Friday, January 16, 2026
Homeस्वास्थ्य र जीवनशैलीदैलेख अस्पतालमा तीन महिनापछि सीएस सेवा सुरु

दैलेख अस्पतालमा तीन महिनापछि सीएस सेवा सुरु

दैलेख : जिल्लाकै ठूलो अस्पताल दैलेख अस्पतालमा शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको छ । विगत ३ महिनादेखि बन्द भएको सेवा मंगलवारबाट सुरु भएको हो । जनशक्ति अभावमा रोकिएको शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए।

अस्पतालमा तीन महिनायता रोकिएको जटिल प्रकारका गर्भवतीको शल्यक्रियाको उपचार सिजरिएन सेक्सन (सिएस) सेवा सुचारु भएको हो ।

सेवा सुरु भएसँगै मंगलवार राती एक जना गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । मंगलवार राती ती गर्भवतीको शल्यक्रियाबाट बच्चा जन्माइएको दैलेख अस्पतालका डा. जगत थापाले बताए । अस्पतालका डाक्टर थापा र डा. जीवन ज्ञवालीको टोलीले गर्भवतीको सफल शल्यक्रिया गरेको हो ।

एनएसथेसिया एसिस्टेन्ट नुहँदा गर्भवतीको शल्यक्रियाबाट प्रसूति सेवा रोकिएको डा. थापाको भनाई  छ । ‘एनएसथेसिया एसिस्टेन्टको रुपमा कृष्ण जोसी आउनुभएकोे छ,’ डा. थापाले भने ‘अब शल्यक्रियाबाट प्रसूति गराउन परे गर्भवतीको रेफर नै गर्नुपर्ने बाध्यता हटेर गएको छ ।’

सेवा बन्द रहँदा शल्यक्रियामार्फत प्रसूति गराउन परे सुर्खेतस्थित प्रदेश अस्पताल तथा नेपालगंज पठाउनु पर्ने बाध्यता थियो । दैलेख अस्पतालमै सेवा नहुँदा जिल्लाका सर्वसाधारण आकस्मिक प्रसूति शल्यक्रियाका लागि महँगो मूल्य तिरेर सुर्खेत तथा नेपालगंजसम्म पुग्नु बाध्यता हटेको अस्पतालले जनाएको छ । अन्नपूर्णबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका