Tuesday, May 20, 2025
Homeअर्थ र ब्यापारदिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा...

दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल

काठमाडौँ: अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकासका लागि नीति सुधार अपरिहार्य रहेको बताउनुभएको छ।

इम्बार्क कलेजअन्तर्गत इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्यू: दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ को विमोचन कार्यक्रममा बोल्दै डा. प्याकुरेलले दिगो विकासका लागि नीतिगत सुधारमा विशेष जोड दिनुपर्ने बताउनुभएको हो।

‘स्थिरता र वित्तीय समावेशीकरण: नीतिगत समाधानको रूपमा अनुसन्धान’ विषयक बहस सत्रमा उहाँले डिजिटल प्रविधि र नवीन वित्तीय उपकरणहरूको प्रयोगद्वारा वित्तीय पहुँच र समावेशीकरण प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो।

बहस सत्रमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक डा. नवराज अधिकारी, काठमाडौँ फिनटेकका संस्थापक डा. सञ्जीव सुब्बालगायत सहभागी वक्ताहरूले नेपालको आर्थिक विकासमा वित्तीय समावेशीकरण र स्थिरताको महत्वबारे स्पष्ट धारणा प्रस्तुत गर्दै नीतिगत सुधारका लागि महत्वपूर्ण सुझावहरू दिएका थिए।

सो अवसरमा इम्बार्क कलेजका प्रिन्सिपल डा. स्टिफन ड्रिभर र कार्यकारी निर्देशक आशिष ठाकुरले कलेजको उद्देश्य, शिक्षा तथा अनुसन्धानमार्फत दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धता र युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यबाट ल्याइएका नयाँ नीति तथा कार्यक्रमहरूको महत्वबारे प्रकाश पार्नुभएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका