Saturday, June 27, 2026
Homeमनोरन्जनदशैँमा आउँदै ‘हरिबहादुरको जुत्ता’

दशैँमा आउँदै ‘हरिबहादुरको जुत्ता’

काठमाडौँ – दशैँमा रिलिज हुने नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक भएको छ। हाँसो, आँसु र करुणा समेटिएको टिजरले टेलिभिजन सिरियलबाट चर्चित बनेको हरिबहादुर पात्रलाई सम्झाउँछ।

सिरियलमा चोर र ठगको रुपमा परिचित हरिबहादुर, जसले अरूलाई रुवाउँथ्यो, फिल्ममा भने आफू पनि भावुक देखिन्छ। निर्देशक दीपेन्द्र के. खनालले यस पटक हरिबहादुरलाई केवल हास्यमा सीमित नराखी, भावुक र करुणासहितको पात्रको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।

असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा हरिवंश आचार्य मुख्य भूमिकामा छन् भने प्रियङ्का कार्की प्रहरीको भूमिकामा देखिएकी छन्। टिजरमा स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारहरूको अभिनय पनि देख्न सकिन्छ।

फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो। निर्माण सरोज ओली र मोहितवंश आचार्यले गरेका छन्। छायाङ्कन कृष्णबहादुर थापा, सम्पादन नकुल खड्का, र सङ्गीतमा बसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका