२९ पुस, काठमाडौं । अनलाइन सपिङ साइट दराज नेपालको प्रबन्ध निर्देशक पदमा आँचल कुँवर नियुक्त भएकी छिन् । उनी दराजको नेतृत्व गर्ने पहिलो नेपाली महिला हुन् ।
अमेजनमा समेत काम गरिसकेकी कुँवरको नियुक्तिको निर्णय कम्पनीले अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन । तर, उनले कार्यभार सम्हालिसकेको कम्पनी स्रोतले बताएको छ ।
दराज अलिबाबा समूहको लगानी रहेको कम्पनी हो । कम्पनीको नेतृत्वमा आएकी कुँवरले अमेरिकाबाट एमबीए गरेर अमेजनमा ग्लोबल एक्सपान्सनमा प्रोग्राम म्यानेजमेन्टतर्फ व्यवस्थापक पदमा काम गरेकी थिइन् ।


