Friday, May 1, 2026
Homeविचित्र संसारजब एयरपोर्टमा खोरबाट निस्किएर दुई सिंह घुम्न थाले…!

जब एयरपोर्टमा खोरबाट निस्किएर दुई सिंह घुम्न थाले…!

विमानस्थलमा जब दुईवटा सिंह दौडिन थाल्दछन्, तब त्यहाँ रहेका यात्रु र अन्य मानिसहरुको अवस्था कस्तो हुन्छ होला ? त्यो त्रासदीको कल्पना गर्दा पनि जीउ नै काँप्न सक्दछ । हालै सिंगापुर विमानस्थलमा एउटा यस्तै घटना भएको छ।

दुईवटा सिंहहरु एयरपोर्टभित्र आएको भन्ने हल्ला चलेपछि त्यहाँ रहेका यात्रुहरु त्राहिमाम भएर र झण्डै भागदौड मच्चिएन। यद्यपि केही क्षणमै ती दुई सिंहलाई पक्रिइयो र स्थिति नियन्त्रणमा आयो ।

घटना गत आइतबारको हो । सिंगापुरबाट खोरमा राखेर विदेश लैजान थालिएका मध्ये दुईवटा सिंह अचानक चांगी अन्तराष्ट्रिय विमानस्थलमा खोरबाट निस्किएर भागे। विदेश लैजान लागिएका ७ मध्ये २ वटा सिंह यसरी भागेका थिए ।

खोरबाट दुईवटा सिंह भागेको खबर जब फैलियो तब विमानस्थलमा त्रासको वातावरण छायो। एयरपोर्ट प्रशासनलाई पनि ठूलै चिन्ता र तनाव भयो । तत्कालै सिंह पक्रिनका लागि विज्ञको टोली बोलाइयो र ढिला नगरीकनै ती दुई सिंहलाई नियन्त्रणमा लिइयो।

सिंहलाई पक्रिनका लागि सबैभन्दा पहिले डार्टिङ गरेर बेहोस पारिएको थियो। त्यसका लागि ट्रयाक्विलाइजर बन्दुकको प्रयोग गरिएको थियो ।

सिंगापुरको राष्ट्रिय पत्रिका द स्ट्रेट्स टाइम्सका अनुसार ती सिंहलाई हाल ‘मण्डाइ वन्यजीव’ समूहको रेखदेखमा राखिएको छ ।

७ वटा सिंहहरुलाई खोरमा राखेर कहाँबाट कुन देशमा लैजान थालिएको हो भन्ने चाहीँ खुलाइएको छैन । यद्यपि ती सिंहलाई अर्को मुलुक लैजाने जिम्मेवारी सिंगापुर एयरलाइन्सको थियो । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका