Friday, July 17, 2026
Homeअन्तराष्ट्रियचिनियाँ कम्पनीले उत्पादन गर्‍यो विश्वकै सबैभन्दा ठूलो ल्याब–निर्मित हीरा

चिनियाँ कम्पनीले उत्पादन गर्‍यो विश्वकै सबैभन्दा ठूलो ल्याब–निर्मित हीरा

काठमाडौं । चीनको एक कम्पनीले विश्वकै सबैभन्दा ठूलो ल्याब–निर्मित कच्चा हीरा उत्पादन गर्न सफलता हासिल गरेको छ । उक्त हीरालाई अन्तर्राष्ट्रिय रत्न विज्ञान संस्थान (IGI) ले आधिकारिक रूपमा प्रमाणित गरेको छ ।

हिनान प्रान्तस्थित लिलीआङ डायमन्ड कम्पनी द्वारा उत्पादन गरिएको यो हीरा १५६ क्यारेटको एकल क्रिस्टल हो, जसले अघिल्लो १५० क्यारेटको विश्व रेकर्ड तोडेको छ ।

कम्पनीका अनुसार, हाल उनका ४०० वटा क्युबिक प्रेसहरू निरन्तर सञ्चालनमा छन्, जसले प्राकृतिक हीरा बन्ने प्रक्रियालाई प्रयोगशालामा पुनःनक्कल गर्छन् ।

परियोजना निर्देशक चेन यानानका भनाइमा, “यो प्रक्रिया मूलतः प्राकृतिक हीरा बन्ने उच्च तापक्रम र उच्च दबाबको वातावरणको प्रतिकृति हो । प्रवर्धन क्याप्सुलको भित्री तापक्रम १,३०० देखि १,५०० डिग्री सेल्सियस र दबाब ५ देखि ७ जीपीएसम्म पुग्छ । यसरी प्राकृतिक हीरा बन्ने समयलाई घटाएर मात्र ७ देखि १५ दिनभित्र उत्पादन गर्न सकिन्छ ।”

विशेषज्ञहरूले भनेका छन् कि जसरी प्राकृतिक हीरामा उत्कृष्ट भौतिक र रासायनिक गुण पाइन्छ, त्यसैगरी ठूला एकल क्रिस्टल ल्याब–निर्मित हीराहरूमा पनि उच्च स्तरको सेमीकन्डक्टिङ क्षमता हुन्छ । यसले आगामी दिनमा इलेक्ट्रोनिक्स, सूचना प्रविधि र क्वान्टम कम्प्युटिङ जस्ता क्षेत्रमा यसको प्रयोगको नयाँ सम्भावना खोलेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका