Monday, January 13, 2025
Homeसामाचारचितवनमा ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् ।

प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ना२१प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज दिउँसो ११ः५ बजे मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने ट्र्याक्टर चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान आज १०ः४० बजे भएको हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका