बार्सिलोनाको कार्यकालको अन्त्यमा स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलामा केही अन्यौल देखिएको थियो । उनको चार वर्षे कार्यकालमा १४ वटा उपाधि जितेको बार्सिलोना विश्वकै उत्कृष्ट क्लब बनिसकेको थियो । तर, केही प्वालहरु भने देखिन थालेको उनलाई महसुस भइसकेको थियो । यस्तो अवस्थालाई कसरी सम्हाल्ने ? टोलीलाई नयाँ बनाउने वा छाड्ने ? उनी दोधारमा थिए । यसबारे उनले एलेक्स फर्गुसन र राफायल बेनिटेजसँग सल्लाह मागेका थिए ।
आफ्नो सल्लाहमा यी दुवै प्रशिक्षक स्पष्ट थिए । आफ्नो मान्यतामा अडिग रहने र टोलीलाई नयाँ बनाउने दृष्टिकोणका मास्टर मानिएका फर्गुसनले सारांशमा यसको जवाफ दिए – तिम्रो टोलीलाई पुनर्निर्माण गर वा तिमीले थाहा पाउनुअघि नै उनीहरुले तिमीलाई हटाइसकेका हुनेछन् ।
उनले दिएको सल्लाहलाई ग्वार्डिओलाले पालना नगरेको यो पहिलो अवसर थिएन ।
२०११÷१२ को सिजनको अन्त्यतिर थकित ग्वार्डिओलाले महसुस गरे कि खेलाडीबाट उनले जे चाहेका छन्, त्यो अब प्राप्त हुने छैन । बार्सिलोनामा यो उनको चौथो सिजन थियो ।
इनफ वाज इनफ ! ग्वार्डिओला बार्सिलोनामा सबैलाई स्तब्ध पार्दै बाहिरिए । उनी एक वर्ष अमेरिका बसे । अर्को वर्ष उनी बार्यन म्युनिख सम्हाल्न जर्मनी पुगे । तर तीन वर्षमा तीनवटा बुन्डेसलिगा उपाधि र दुईवटा जर्मन कप जिताएपनि आफुले के गर्दैछु भनेर क्लबले पूर्ण रुपमा नबुझेको उनलाई महसुस भयो ।
त्यसैले थप सफलताका लागि सिटी आए ।
कोभिड प्रभावित २०१९–२० को सिजन सकिँदा उपाधि लिभरपुलको पोल्टामा गयो । ग्वार्डिओलाले आफ्नो सम्झौताका विषयमा निर्णय लिनुपर्ने थियो ।
र यो बिन्दुमा बल्ल बेनिटेज र फर्गुसनको सल्लाहले ठूलो अर्थ राख्यो ।
के ग्वार्डिओलाले सिटी छाड्ने सोचेका थिए ?
ग्वार्डिओलाले आपसी सहमतिमा फेरि नयाँ सम्झौता गरे । दुवै पक्षले एक आपसमा भरोसा देखाउँदा उनको पाँच वर्षे कार्यकालमा सिटीले तेस्रोपटक प्रिमियर लिग उपाधि जित्न सफल भएको छ ।
नयाँ सम्झौताअनुसार ग्वार्डिओलाले चाहने हो भने उनी सिटीमा सात वर्ष बस्नसक्छन् । ग्वार्डिओलाकै दृष्टिबाट हेर्दा उनले कहिल्यै पेरिस सेन्ट जर्मेनको प्रस्तावबारे सोचेनन्, न त उनी फ्रान्सेली क्लबमै गए । कम से कम यसकारण पनि किनी अबुधाबीका मालिकको क्लब छाडेर कतारी व्यापारीको स्वामित्वमा रहेको क्लबमा जानु विश्वासघातभन्दा कम हुँदैन ।
सिटीले पनि केही महिनादेखि तयार अवस्थामा राखेको त्यो प्रस्ताव स्वीकार्न ग्वार्डिओलालाई कहिल्यै दबाब दिएन, जुन प्रस्ताव अन्ततः ग्वार्डिओला समक्ष पुगेको २ ४ घण्टाभन्दा कम समयमै सहमति जुट्यो । उनीहरुले ग्वार्डिओला समक्ष एउटै कुरा राखेका थिए, यदी क्लब छाड्ने हो भने केही समयअघि जानकारी दिनुपर्छ ।
निर्णायक क्षण अक्टुबरमा आयो, जतिबेला सिटीका अध्यक्ष खाल्दोन अल मुबारकलाई भेट्न ग्वार्डिओला माल्दिभ्स पुगेका थिए । मुबारकले ग्वार्डिओलालाई क्लबमा बस्नका लागि कन्भिन्स गरे । ‘हामी अगाडी बढ्नैपर्छ,’ ग्वार्डिओलालाई भनिएको थियो, ‘हामी जितिरहनेछौंँ । यो स्तरमा निरन्तर प्रतिस्पर्धा गर्नका लािग जे आवश्यक हुन्छ त्यो हामी गर्छौ । तिमी बस्नुपर्छ ।’
अध्यक्षको सन्देश तथा आफुले विश्वास गर्नसक्ने सहज व्यक्तिहरुबाट घेरिनुले बाँकी काम ग¥यो ।
नयाँ टोली, नयाँ शैली
क्लबमा बस्ने ग्वार्डिओलाको निर्णयले व्यवस्थापन पक्षलाई पनि टोली पुनर्निर्माण गर्नेबारे सोच्ने बनायो । गत सिजनको अन्त्य र यस सिजन सुरु हुँदै गर्दा परिवर्तन आवश्यक छ भन्ने स्पष्ट थियो ।
तत्कालै कदमहरु चालियो । विशेषगरी विंगर फेरान टोरेस र डिफेन्डर रुबेन डायसलाई ल्याइयो । डायसको आगमनले टोलीमा मैदानभित्र र बाहिर आशाको सञ्चार गरायो । उनी आफु वरपरका लागि प्रेरित गर्छन्, टिमका डिफेन्डरमात्रै नभएर एट्याकरहरुलाई पनि ।
सुरुवाती योजना पुरानो टोलीका चार वा पाँचजनाबाहेक सबैलाई परिवर्तन गर्न सकिन्छ भन्ने थियो । जाओ कान्सेलो र जोन स्टोन्सजस्ता खेलाडीहरुको पुनर्मुल्याङ्कन गरिएपनि महामारीका कारण पहिले सोचेजसरी खेलाडीहरुको बिक्री गर्न गाह्रो थियो ।
त्यसकारण टोलीमा साधारण परिवर्तनमात्रै भयो, तर खेल्ने पद्धतीमा भने ठूलो परिवर्तन गरियो ।
वेस्टब्रोमसँग १५ डिसेम्बरमा १–१ गोलको बराबरी खेल्दा सिटी अंकतालिकाको छैटौंमा थियो । यतिबेला यो टोली इच्छाशक्ती नभएको, ढिलो, थकित र आवश्यक प्रतिबद्धता नभएजस्तो देखिन्थ्यो ।
आवश्यक छुट्टीको र मानसिक ताजापनको कमीका कारण खेल प्रभावित भइरहेको थियो र अवस्था बिग्रिएको थियो ।
बार्यन र बार्सिलोनाका पुराना अनुभवबाट सिकेका ग्वार्डिओलाले खेलाडीहरु आफ्नो शब्द सुन्दासुन्दा थकित भइसके होलान् भन्ने अनुमान लगाउन थाले । उनले आफुसँग सिधा कुरा गर्नुको साटो खेलाडीहरुलाई सहायक प्रशिक्षक जुवान म्यानुयल लिल्लोसँगको सम्पर्कमा जोडिदिए । सहायक प्रशिक्षकभन्दा पनि अभिभावकजस्ता देखिने अनुभवी लिल्लोसँगको खेलाडीहरुको संवाद र आफ्नो कोचिङ टिमको विश्लेषणपछि ग्वार्डिओलाले टिमको खेलमा परिवर्तन ल्याउने निर्णय लिए ।
फरवार्ड फिल फोडेन र रहिम स्टर्लिङलाई वाइडर पोजिसनमा राखेरे भित्र धेरै स्पेस सिर्जना गरियो । इल्के गुन्डोगान, बर्नान्डो सिल्भा र केभिन डि ब्रुयाने यतिबेला चोटमुक्त भइसकेका थिए, विंग–ब्याक क्यान्सेलो मिडफिल्डमा पनि जानसक्थें, उनीहरुले मिलेर मैदानको मध्यभागमा दबाब दिनसक्थें ।
धेरै धैर्यताका साथ पास खेल्न थालियो र आक्रमणलाई शान्त र चुस्त बनाइयो । सर्जियो अगुएरोको फिटनेशमा धेरै निर्भर हुन सकिदैंन भन्ने महसुस भएपति डिबक्समा कसरी धेरैजनालाई पठाउन सकिन्छ भनेर ग्वार्डिओलाले गृहकार्य थाले । उनले विंगर, मिडफिल्डर र फुल ब्याकलाई समेत आक्रमणका लागि अघि सारे । यसपछि गुन्डोगानले नियमित गोल गर्न थाले, गोल र पासमा फोडेनको आँकडा क्लबका महान् खेलाडी डिएगो सिल्भाले पहिलो सिजनमा गरेको प्रदर्शनभन्दा राम्रो देखियो ।
ग्वार्डिओलाको प्राथमिकता अनिश्चितता दिने खेलाडी थिए । पहिलो टच र बडी पोजिसनिङद्वारा बललाई अघि बढाउन सक्ने खुबीलाई नै आधार मानेर ठूला खेलका लागि खेलाडी चयन गरियो ।
काउन्टरप्रतिको लगाव
नयाँ दृष्टिकोणको एउटा साइड इफेक्ट – बल सामुन्ने ठूलो संख्यामा खेलाडी रहने थियो । तर काउन्टर एट्याकको खतरालाई कसरी कम गर्ने भन्ने चुनौती देखियो । सिटीले ग्वार्डिओलाको पहिलो वर्षमा काउन्टरमा ५ गोल खाएको थियो, र जब खेलाडीहरुले बल गुमाउथें, तब उनीहरु कमजोर देखिन्थे । त्यतिबेलादेखि नै ग्वार्डिओलामा काउन्टरको लगाव देखियो ।
यस सिजन उनले बल पछाडि चारजना डिफेन्डरको पंक्ति रहने निर्णय लिए, जसमा दुईजना सेन्टर–हाफ, एक फुल ब्याक र एकजना होल्डिङ मिडफिल्डर समावेश थिए । सिटीले फरक तरिकाको शानदार खेल खेल्न थाल्यो । विगतको दाँजोमा यो निकै शानदार थियो ।
डिसेम्बरमा साउथह्याम्पटनविरुद्धको १–० को जित एक महत्त्वपूर्ण खेल थियो । त्यस खेलको अन्त्यमा प्राप्त खुसीले निकै राहत दियो । महत्त्वपूर्ण क्षण ३ जनवरीमा आएको थियो, जतिबेला शीर्ष स्थानको लिभरपुलभन्दा आठ अंकले पछि परेको सिटीले चेल्सीलाई ३–१ ले हरायो । सिटीले ३४ मिनेटसम्म ३–० को अग्रता लिइसकेको थियो, पहिलो हाफमै ग्वार्डिओलाको मास्टरक्लासले काम गरिसकेको थियो । सिटीले एनफिल्डमा फेब्रुअरीमा ४–१ को जित हासिल ग¥यो । जबकी सिटीले यस खेल क्लासिक नम्बर नौ बिना नै खेलेको थियो । यसरी ग्वार्डिओलाले ठूलो खेलका लागि एक सफल फर्मुला स्थापित गरे । यो त्यस्तो संरचना थियो, जसको प्रभाव ग्वार्डिओलाले पछिल्ला हप्ता प्रयोग गरेका छन् ।
महामारीको अवस्थामा व्यस्त क्यालेन्डर र आरामको कमी तथा राम्रोसँग सुरु हुन नसकेको सिजनलाई बदल्नुपर्ने जो आवश्यकता थियो, त्यसलाई टिम निर्माणमा ग्वार्डिओलाले आफ्नो करियरमा गरेको उत्कृष्ट उदाहरण मान्न सकिन्छ । तपाईले यो कुरालाई ध्यानमा दिनुपर्छ कि उपाधिका लागि आवश्यक लय कायम राख्न अन्य दाबेदारहरुलाई कत्तिको मुस्किल भयो ।
ग्वार्डिओलाले अब के मजबुत बनाउँछन् ?
जब गार्डिओला सिटी आएका थिए, तब उनलाई स्पष्ट काम दिइएको थियो – घरेलु प्रतिस्पर्धामा हाबी हुने र च्याम्पियन्स लिगको सेमिफाइनलसम्म नियमित रुपमा पुग्ने ।
पाँच वर्षमा तीनवटा लिग उपाधिसहित उनले घरेलु प्रतियोगितामा दबदबा कायम गरेका छन् । र, उनको कार्यकालमा यही सिजन सिटी पहिलोपटक सेमिफाइनल पुग्यो । जहाँ, पेरिस सेन्ट जर्माइनलाई ४–१ ले हराएर सिटीले शान्दार उपस्थिती देखाएको छ ।
जसले सिटीको उपलब्धिलाई कम आँकेका छन्, उनीहरु राम्रो रकम खर्चिएर विश्वका उत्कृष्ट खेलाडीहरु ल्याएर सफलता हात लागेको बताउँछन्, यो बयान उपलब्धिलाई अति सामान्यकृत गरिए जति नै साँचो छ । प्रिमियर लिगमा ठूला क्लबहरुले खर्चिएको रकम हेर्ने हो भने त्यसमा ठूले अन्तर छैन । म्यानचेस्टर सिटीले अत्याधिक प्रयोग भएको ११ सदस्यीय टोलीका लागि गएको खर्च ४९ करोड ९८ लाख पाउन्ड पुग्नसक्छ , जबकी म्यानचेस्टर युनाइटेडले यसका लागि ५० करोड ४२ लाख पाउन्ड खर्च गरेको छ । वास्तविक उपलब्धि यही हो कि ग्वार्डिओलाले आफुसँग उपलब्ध सम्पतिको अधिकतम प्रयोग गरेका छन् र सुधार ल्याएका छन् ।
तर अझै पनि गुनासो छ ।
सिजनको अन्त्यमा अगुएरो क्लब छाडेर जाँदैछन् । राहिम स्टर्लिङ र अन्य खेलाडीले गोल गर्ने आफ्नो सटिकता गुमाएजस्तो देखिन्छ, उनले अहिलेसम्म धेरै अवसर बर्बाद गरिसकेका छन् । सिटीले अन्य क्लबका स्ट्राइकरहरुमाथि आँखा लगाइरहेको छ र पक्कै पनि समर ट्रान्सफर विन्डोमा उसले यस विषयलाई सम्बोधन गर्ने प्रयास गर्नेछ ।
बार्सिलोनाका लियोनल मेसी क्लबका लागि निरन्तर अन्तिम सपना बनेका छन् । यद्यपी, क्लबले सिर्जना गरेका धेरै अवसरलाई गोलमा परिणत गर्नसक्ने युवा खेलाडी, अर्थात् आगामी ५ वा ६ वर्षका लागि स्ट्राइकर ल्याउने क्लबको लक्ष्य हो । इर्लिङ ब्राउट हल्यान्डप्रति इच्छा देखाउने १४ वटा क्लबमध्ये सिटी एक हो र यी खेलाडीलाई आश्वस्त पार्न सकिने क्लबको आशा छ । ग्वार्डिओलाले आफ्नो करियरमै टिमको सबैभन्दा ठूलो पुनर्निर्माणलाई निरन्तरता दिइरहेका बेला सबै संभावनाहरु खुला छन् ।
बीबीसीबाट