Friday, April 17, 2026
Homeस्वास्थ्य र जीवनशैलीगुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

गुल्मी, १३ असार: विषालु च्याउ सेवन गर्दा मुसिकोट नगरपालिका–४ दिगामचौरका एकै परिवारका तीन जना बिरामी परेका छन्। बिरामी पर्नेमा ७६ वर्षीय थम्मनबहादुर कुमाल, ६८ वर्षीया फूलमाया कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार, बिहीबार जंगलबाट टिपेर ल्याइएको च्याउ पकाई खाएपछि राति नै उनीहरूमा टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखा परेका थिए।

बिरामी तीनै जनालाई गए राति उपचारका लागि पाल्पाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा पठाइएको हो।

घटनाको जानकारी पाएपछि इन्द्रगौडा प्रहरी चौकीबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। टोलीले तत्कालै बिरामीहरूलाई अस्पताल पुर्‍याएको हो। हाल उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका