काठमाडौँ, १६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी, फलफूल र अन्य कृषिउपजको थोक मूल्य तोकेको छ।
समितिका अनुसार गोलभेँडामा नेपाली र भारतीय ठूलो दुवै प्रतिकिलो रु ८० कायम भएको छ भने सानो गोलभेँडा (लोकल) रु ३५, (टनेल) रु ४८ र (भारतीय) रु ३० मा बिक्री हुने तय गरिएको छ। आलु रातो प्रतिकिलो रु ५२, भारतीय आलु रातो रु ३०, मुडे आलु रु ४४, आलु सेतो रु ४० र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३९ निर्धारण गरिएको छ।
गाजर (लोकल) प्रतिकिलो रु १३० र (तराई) रु ११०, बन्दा रु ६०, काउली रु ९०, रातो मूला रु ५०, सेतो मूला (हाइब्रिड) रु ९०, भन्टा लाम्चो रु २५ र डल्लो भन्टा रु ३५ कायम भएको छ। बोडी (तने) प्रतिकिलो रु १२०, मकै बोडी रु ९०, घिउ सिमी (लोकल तथा हाइब्रिड) प्रतिकिलो रु १२०, टाटे सिमी रु २७०, भटमास कोसा रु ९०, तीतो करेला रु ६०, लौका रु ६०, परवर (लोकल/तराई) दुबै रु ७०, चिचिण्डो रु ३४, घिरौँला रु ६०, झिगुनी रु १००, पाकेको फर्सी रु ४०, हरियो फर्सी (डल्लो) रु ४५, सलगम रु ९० र भिण्डी रु ९० कायम भएको छ।
हरियो सागसब्जीमा रायोको साग प्रतिकिलो रु १४०, पालुङ्गो रु १३०, चमसुर रु २००, तोरीको साग रु ७०, हरियो प्याज रु ७०, च्याउ (कन्य) रु १३०, च्याउ (डल्ले) रु ३५०, कुरिलो रु ४०० र निगुरो रु ८० निर्धारण गरिएको छ।
त्यसैगरी ब्रोकाउली प्रतिकिलो रु १५०, चुकुन्दर रु ७०, रातो बन्दा रु २००, जिरीको साग रु १५०, सेलरी रु २५०, पार्सले रु ९००, सौफको साग रु ३००, पुदिना रु ८००, इमली रु १८०, तामा रु १२०, तोफु रु १४० र गुन्द्रुक रु ३०० कायम गरिएको छ।
फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो रु २५० र (फुजी) रु ३००, केरा (दर्जन) रु १३०, कागती रु १५०, अनार रु ३५०, सुन्तला (भारतीय) रु १६०, तरबुजा रु ७०, मौसम रु १६०, जुनार रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) रु १००, निबुवा रु ६०, नास्पाती (लोकल) रु ९०, (चाइनिज) रु २२०, मेवा (नेपाली) रु ६०, (भारतीय) रु १००, अम्बा रु ९०, लप्सी रु ८०, किबी रु ३००, सरिफा रु १२० र आभोकाडो रु ३०० निर्धारण गरिएको छ।
मसला र अन्य वस्तुमा अमला प्रतिकिलो रु ९०, अदुवा रु १२०, सुकेको खुर्सानी रु ४००, हरियो खुर्सानी साधारण रु ७०, (माछे) रु ९०, (अकबरे) रु २००, भेडे खुर्सानी रु १००, लसुन हरियो रु १५०, धनियाँ हरियो रु ६०, लसुन सुकेको (चाइनिज) रु २२०, (नेपाली) रु १६०, छ्यापी सुकेको रु २००, छ्यापी हरियो रु २०० कायम गरिएको छ।
माछामासुमा सुकेको माछा प्रतिकिलो रु १०००, ताजा रहु माछा रु ३००, बचुवा रु २८०, छडी रु २४०, रूख टमाटर रु २००, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १००० कायम गरिएको छ।


