Sunday, May 17, 2026
Homeअर्थ र ब्यापारकाठमाडौं उपत्यकामा २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २९ चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार कारबाहीबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ५९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ११९ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १३२ जना र तीव्र गतिमा सवारी चलाउने २०८ जनामाथि कारबाही गरिएको हो।

त्यस्तै लेन अनुशासन उल्लङ्घन गर्ने ५७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९५ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १२६ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

यसका अतिरिक्त अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १३९ चालकलाई समेत कारबाही गरिएको कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका