Wednesday, September 23, 2026
Homeसामाचारकाठमाडौं उपत्यकामा २४ घण्टामा ३९६ सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टामा ३९६ सवारी चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३९६ जना सवारी चालकलाई कारबाही गरेको छ।

बुधबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको सवारी जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५३ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, सिसिटिभी निगरानीबाट ४३ जना र रातोबत्ती उल्लंघन गर्ने २१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यसैगरी, तीव्र गतिमा सवारी चलाउने १९ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ६ जना र लेन क्रस गर्ने ८ जना चालक कारबाहीमा परेका छन्।

अवस्था ठीक नभएको सवारी चलाउने ३ जना र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ३ जना चालकलाई पनि कारबाही गरिएको छ।

अन्य ट्राफिक नियम उल्लंघन गर्ने २४० जना चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका