Wednesday, September 9, 2026
Homeराजनीतिकांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृह ६ दिन बुक गर्न पत्राचार

कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृह ६ दिन बुक गर्न पत्राचार

काठमाडौं। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारी तीव्र पारेको छ। महाधिवेशनको उद्घाटनसहित मुख्य कार्यक्रम सञ्चालनका लागि पार्टीले काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहको हल तथा परिसर उपलब्ध गराउन पत्राचार गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाउँदै असोज १५ देखि २० गतेसम्म ६ दिन सम्पूर्ण संरचना उपलब्ध गराइदिन अनुरोध गरेका हुन्।

कांग्रेसले यसअघि नै २०८३ साल असोज १६, १७, १८ र १९ गते काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ।

महाधिवेशनको तयारी, व्यवस्थापन तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि पार्टीले ‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय’को नाममा राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल तथा बगैँचा उपलब्ध गराउन आग्रह गरेको हो।

पार्टीले पठाएको पत्रमा महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रमलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न राष्ट्रिय सभा गृहबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका