काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरिएको छ। सोमबार राजधानीको सुन्धारास्थित धरहराको परिसरमा आयोजित विशेष कार्यक्रममार्फत ट्रफी सार्वजनिक गरिएको हो।
ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले यस दिनलाई नेपालको खेलकुद क्षेत्रमा ऐतिहासिक महत्त्वको क्षणका रूपमा व्याख्या गर्नुभयो। उहाँले धरहराजस्तो ऐतिहासिक धरोहरको काखमा ट्रफी अनावरण हुनु खेलकुदको विकास र सांस्कृतिक महत्त्व जोड्ने काम भएको बताउनुभयो।
प्रधानमन्त्री ओलीले खेलकुदले राष्ट्रिय एकता र पहिचान सुदृढ गर्न योगदान दिने उल्लेख गर्दै यसप्रकारका प्रतियोगिताले युवा प्रतिभालाई उजागर गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा खेलकुदसँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


