Saturday, May 2, 2026
HomeNRN चुनाव बिशेषएनआरएनए विवाद : प्रमुख निर्वाचन आयुक्त पौडेलले दिए राजीनामा

एनआरएनए विवाद : प्रमुख निर्वाचन आयुक्त पौडेलले दिए राजीनामा

गैरआवासीय नेपाली संघमा विवाद चर्किएपछि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले राजीनामा दिएका छन्।

नेपाल बार एसोसिएसनका महासचिवसमेत रहेका पौडेलले संघमा अध्यक्ष कुमार पन्तलाई राजीनामा बुझाएका हुन्। स्रोतका अनुसार पौडेलको राजीनामासँगै कार्यवाहक निर्वाचन आयुक्तमा राम प्रताप थापालाई जिम्मेवारी दिइएको छ।

पछिल्ला घटनाक्रमले संघको डिसेम्बर २६ र २७ मा हुने भनिएको निर्वाचन झनै अन्योलमा परेको छ । संस्थापन पक्षले निर्वाचनको तयारी गरिरहेका बेला कुल आचार्य पक्षले भने निर्वाचनमा सहभागी हुने कुनै संकेत देखाएको छैन। प्रतिनिधि विवाद पहिले सुल्झाएर मात्रै निर्वाचन हुनुपर्ने आचार्य पक्षको माग रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका