Wednesday, April 22, 2026
Homeदेश र प्रदेशअवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालन

अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालन

काभ्रे : बिहानैदेखि अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो।

बाढीले ल्याएको लेदो फाल्नेक्रम अझै भइरहेको मंगल्टार इलाका प्रहरी कार्यालयका निरीक्षक शेखर खड्काले जानकारी दिए। एकतर्फी सडक सञ्चालनमा आएपछि पनि दुईवटा डोजरले लेदो फाल्नेकाम गरिरहेको उनको भनाइ छ।

काल्ढुंगा भ्याकुरे खहरे खोला र मम्ती खोला बढेपछि राजमार्ग अबरुद्ध भएको थियो। पानी परिरहेको कारण राजमार्ग सञ्चालनमा समय लागेको उनको भनाइ छ।

बाढीको कारण पूर्व हिँडेका सवारी र पूर्वबाट धुलिखेलतर्फ आउने सबै सवारी बाटोमै रोकिरहेका छन्। एकतर्फी बाटो खुलेपछि विस्तारै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका