काठमाडौंँ । कोरोनाको दोस्रो भेरियन्टका कारण विगत एक महिनादेखि जारी निषेधाज्ञाका कारण सर्वसाधारण घरमै थुनिएर बस्न बाध्य छन् । घरमा बसेर दिक्क भएका सर्वसाधारणका लागि चर्चित बेली डान्सर बिनु शाक्यले ‘बेली डान्स’ सिकाउने भएकी छन् ।
बिनुले अनलाईन मार्फत ७ दिने ‘बेली डान्स’को कार्यशाला गर्न लागेकी हुन् । देश विदेशका बिभिन्न कार्यक्रममा ‘बेली डान्स’ कला प्रस्तुत गर्दै आएकी शाक्यले युवा वर्गमा बेली डान्सको बढ्दो क्रेजलाई मध्यनजर गरेर बेली डान्स सिकाउन लागेको बताइन् ।
‘मलाई सामाजिक संजालमा फलो गर्ने धेरै फ्यानले बेली डान्स सिक्ने इच्छा गरिरहनुहुन्छ’ शाक्यले भनिन् ‘फ्यानको पनि इच्छा र सर्वसाधारणका लागि अवसरको रुपमा बेली डान्स कक्षा सिकाउन लागेको हो ।’ शाक्यले बेली डान्स कक्षाको लाभ सबैले लिन सक्ने समेत बताएकी छन् ।
कक्षा जून ६ देखी १२ तारिखसम्म हरेक दिन बेलुकी ४ बजे देखि ५ बजेसम्म हुनेछ ।