Friday, September 18, 2026
Homeसामाचार१३ मुलुकका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे र चीनमा कल्याणराज शर्मा

१३ मुलुकका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे र चीनमा कल्याणराज शर्मा

काठमाडौँ। सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका तथा नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका योग्य तथा अनुभवी व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको जानकारी दिएका छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा सिफारिस भएका छन्।

त्यस्तै, संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ।

यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय भएको छ।

सिफारिस गरिएका राजदूतहरूको नाम अब सरकारले संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट सहमति (एग्रिमो) लिनका लागि नाम पठाइनेछ।

सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका