Tuesday, July 14, 2026
Homeअपराध र घटनासिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वास्थित पुरानो पशु हाटबजार परिसरमा जमेको पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन्।

रौतहटको जिगरवा स्थायी घर भएका अवास शेख विगत करिब ३० वर्षदेखि गोलबजार–७ मा परिवारसहित बसोबास गर्दै आएका छन्। उनी भाडाको घरमा बस्दै कवाडी सामग्री संकलन गरी जीविकोपार्जन गर्दै आएका थिए।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३:३० बजे घरबाट खेल्न निस्किएका उनका पाँच सन्तानमध्ये तीन जना पशु हाटबजार परिसरमा पुगेका थिए। गाई, गोरु र भैँसीलाई पानी खुवाउन बनाइएको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरू डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा तीनै जनाको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले अस्पताल पुग्नासाथ उनीहरूलाई मृत घोषणा गरेका थिए।

यस हृदयविदारक घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका