काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
उनीहरूमाथि दायर मुद्दामा थुनछेक बहस सम्पन्न भएपछि अदालतले बुधबार थुनामा पठाउने आदेश दिएको हो।
अदालतको आदेशपछि भट्ट र अग्रवाललाई डिल्लीबजार कारागार पठाइएको छ।


