Saturday, July 4, 2026
Homeराजनीतिसङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, २० जेठः आज सङ्घीय संसद्को दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि तय गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव वक्तव्यसहित प्रस्तुत गर्नेछन्। सो प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ।

त्यसैगरी, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२” बैठकमा पेस गर्ने कार्यसूची समावेश गरिएको छ।

राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री पौडेलले “भन्सार विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव पेस गर्नेछन्। उक्त विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो।

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०” का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, “प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका