Friday, July 3, 2026
Homeराजनीतिशीर्ष नेताको छलफलः गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको अडान यथावत

शीर्ष नेताको छलफलः गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको अडान यथावत

काठमाडौं:नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले संसदसम्बन्धी आफ्ना मागहरू यथावत राखेको स्पष्ट पारेका छन्।

सोमबार सिंहदरबारमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले “राजीनामा हैन, संसद खुलाएर अगाडि बढ्नुपर्छ” भन्ने धारणा राखेको पाण्डेले बताए। उनले भने, “हामीले उठाएको विषयमा कुनै परिवर्तन आएको छैन। सुशासनमा केन्द्रित भएर अघि बढ्नुपर्ने हाम्रो अडान यथावत छ।”

उनका अनुसार सत्ता पक्षले संसद खोल्नुपर्ने प्रस्ताव राखे पनि माओवादी केन्द्रले उठाएका मुद्दाहरूमा सहमति नभएकाले अझै ठोस निर्णयमा पुग्न नसकिएको हो। “अन्य प्रतिपक्षी दलहरूसँग पनि छलफल गर्न बाँकी छ,” पाण्डेले भने, “छलफल भएको हो, तर ठोस निष्कर्ष आएको छैन।”

छलफलमा संसदको अवरोध कसरी अन्त्य गर्ने र पछिल्लो समय देखिएको “प्रतिगामी गतिविधि” का सन्दर्भमा पनि विचारविमर्श भएको उनले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा भएको सो छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक लगायत नेताहरू सहभागी थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका