काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रीदर २०६ रुपैयाँ २५ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९९ पैसा तोकिएको छ भने सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २२ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २५ पैसा तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।
त्यसैगरी, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।


