वीरगञ्ज (पर्सा)- पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजा नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।
आज पत्रकारसँग भेटघाटमा उनले हैजा सङ्क्रमण रोकथाम र नियन्त्रणमा संवेदनशील भएर काम भइरहेको उल्लेख गरे। “अहिलेसम्म देखिएका हैजा सङ्क्रमण नियन्त्रण गर्न सक्ने अवस्थामै छ,” उनले भने।
सुवेदीका अनुसार हाल उपचार र सचेतनामूलक दुवै खालका गतिविधि सञ्चालन भइरहेका छन्। उनका भनाइमा, हैजा सङ्क्रमित बिरामी अस्पतालबाट निको भएर घर फर्किने क्रम बढ्दै गएको छ।


