Monday, August 3, 2026
Homeखेलकुदविश्वकप फुटबल छनोट : नेपाल र बहराइनबीच आज प्रतिस्पर्धा

विश्वकप फुटबल छनोट : नेपाल र बहराइनबीच आज प्रतिस्पर्धा

काठमाडौँ। फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले बहराइनको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने यो खेल मैदानको स्तर राम्रो नभएकोले बहराइनमै खेल्न लागिएको हो ।

बहराइनसँग खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेलेको थियो। युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ५–१ गोल अन्तरले पराजित भएको थियो।

नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन्। नेपाल पहिलो खेलमा यूएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २(० गोल अन्तरले पराजित भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका