Sunday, June 7, 2026
Homeअपराध र घटनावानएक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार

वानएक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार

काठमाडौँ: वानएक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ परेको छ ।

पाँचथर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका सुनिल राईलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

राईले ५५ करोड आर्थिक कारोबार गरेको भेटिएको आचार्यले बताए । आरोपी वान एक्स बेटको एजेन्ट रहेको र उनले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका