Sunday, June 7, 2026
Homeअपराध र घटनार्‍यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अनुमति

र्‍यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अनुमति

ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अदालतबाट दोस्रोपटक थप १७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई बताए ।

पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । पहिलोपटक जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । पुस २१ बाट लागू हुनेगरी आइतबार दोस्रोपटक म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । लाउरे भनेर चिनिने आशिष रानामगर चर्चित र्यापर हुन् । उनी लागुऔषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । लाउरेले नविन गुरुङसँग ब्राउन सुगर किन्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

लाउरेसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् । पक्राउ परेकाहरुको साथबाट कास्की प्रहरीले १३ दशमलव १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । १३ दशमलव १ ग्राम लागुऔषध कारोबार गर्नेलाई ५ देखि १० बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । लागूऔषध नियन्त्रण ऐनअनुसार ब्राउन सुगर प्रयोगकर्तालाई १ वर्ष कैद हुने व्यवस्था छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका