Tuesday, June 16, 2026
Homeअपराध र घटनाराहदानी छपाइ प्रकरणः महानिर्देशक अर्याल र निर्देशक केसीलाई ४ दिन थुनामा राख्न...

राहदानी छपाइ प्रकरणः महानिर्देशक अर्याल र निर्देशक केसीलाई ४ दिन थुनामा राख्न अनुमति

काठमाडौँ । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनील कुमार केसीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो।

अख्तियारले राहदानी छपाइसम्बन्धी भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका लागि दुवै जनालाई २० दिन थुनामा राख्न अनुमति मागेको थियो। तर अदालतले सोमबारदेखि लागू हुने गरी प्रारम्भिक रूपमा ४ दिनको म्याद दिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।

प्रवक्ता लामिछानेका अनुसार राहदानी छपाइ प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाइरहेको छ। सोही अनुसन्धानका लागि अर्याल र केसीलाई थुनामा राख्न अदालतबाट अनुमति प्राप्त भएको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका