काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा तोकिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४५ पैसा रहेको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५७ पैसा र बिक्रीदर २२ रुपैयाँ ६६ पैसा तोकिएको छ। त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर ४० रुपैयाँ ६९ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९१ पैसा कायम गरिएको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा रहेको छ।
साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७४ पैसा र बिक्रीदर १० रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ५ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २३ रुपैयाँ ६२ पैसा तोकिएको छ।
त्यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ५३ पैसा रहेको छ।
बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४०५ रुपैयाँ २२ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।


