काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातै प्रदेशमा वृहत् भण्डाफोर सभा गर्ने घोषणा गरेको छ। बिहीबार पार्टीका महामन्त्री राजेन्द्र गुरुङले विज्ञप्ति जारी गर्दै भ्रष्टाचार, विकृति–विसंगतिविरुद्ध तथा हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा सभा आयोजना गरिने जानकारी दिएका छन्।
महामन्त्री गुरुङका अनुसार सभा निम्न मितिहरूमा विभिन्न प्रदेशमा आयोजना हुनेछ:
गण्डकी प्रदेश – फागुन ९, पोखरा
लुम्बिनी प्रदेश – फागुन १७, बुटवल
सुदूरपश्चिम प्रदेश – फागुन १८, धनगढी
मधेस प्रदेश – फागुन २१, जनकपुर
बागमती प्रदेश – फागुन २५, काठमाडौं
कर्णाली प्रदेश – फागुन २७, सुर्खेत
राप्रपाले यी सभाहरूबाट भ्रष्टाचार र अन्यायको भण्डाफोर गर्दै हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि जनसमर्थन जुटाउने उद्देश्य राखेको जनाएको छ।


