Wednesday, June 17, 2026
Homeअपराध र घटनायुवतीमाथि कुटपिटको भिडियो फेसबुकमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

युवतीमाथि कुटपिटको भिडियो फेसबुकमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

काठमाडौँ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेका थिए। उक्त घटनाको भिडियो उनले मंगलबार बेलुका आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए।

भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति रमेशलाई उनकै घरबाट पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट बरामद गरेको जनाएको छ। बरामद औषधिहरू लागुऔषधजन्य पदार्थको रूपमा प्रयोग हुने आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यसै घटनासँग सम्बन्धित रहेको आशंकामा तुलसीपुर–२ बालापुर निवासी २१ वर्षीय जीवराज खत्रीलाई पनि नियन्त्रणमा लिइएको छ। दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भिडियो र घटनाको वास्तविकता सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका