Thursday, June 4, 2026
Homeअर्थ र ब्यापारयस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २८ पैसा र बिक्री दर १२२ रुपैयाँ ८८ पैसा कायम गरेको छ । युरोपियन युरो एकको खरिद दर १३४ रुपैयाँ ५० पैसा र बिक्री दर १३५ रुपैयाँ १६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४० पैसा र बिक्री दर १६० रुपैयाँ १९ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २९ पैसा र बिक्री दर १३० रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९१ पैसा र बिक्री दर ८८ रुपैयाँ ३४ पैसा  छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ छ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५२ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्री दर १० रुपैयाँ ४२ पैसा  छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ १९ पैसा र बिक्री दर १९ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैयाँ ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४६ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ सात पैसा छ भने बिक्री दर २९ रुपैयाँ २१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  नौ रुपैयाँ ८२ पैसा र बिक्री दर ९ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका