Tuesday, September 22, 2026
Homeअन्तराष्ट्रियम्याक्रोन र ट्रम्पबीच युक्रेन र लाल सागरबारे छलफल

म्याक्रोन र ट्रम्पबीच युक्रेन र लाल सागरबारे छलफल

काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन–रुस द्वन्द्व र लाल सागरको अवस्थाबारे रचनात्मक छलफल भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटवार्तापछि म्याक्रोनले यी दुवै विषय विश्व शान्ति तथा सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका हुन्।

म्याक्रोनका अनुसार भेटवार्तामा युक्रेनलाई क्षेप्यास्त्र प्रतिरोधी प्रणालीका लागि आवश्यक इन्टरसेप्टरसहितका रक्षात्मक हतियार छिटो र प्रभावकारी रूपमा उपलब्ध गराउने विषयमा छलफल भएको थियो। उनले यस्ता हतियार आपूर्ति गर्नु रक्षात्मक उपाय भएको बताएका छन्।

लाल सागरको अवस्थाबारे पनि छलफल भएको बताउँदै म्याक्रोनले उक्त क्षेत्रको सुरक्षा विश्वव्यापी व्यापार तथा मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने विषय भएको उल्लेख गरे। उनले ट्रम्पसँगको वार्ता “धेरै राम्रो र रचनात्मक” भएको बताए।

भेटवार्ताका क्रममा युक्रेन र रुसबीच ऊर्जा पूर्वाधारमाथि हुने आक्रमण रोक्न सम्भावित अस्थायी समझदारीबारे पनि छलफल भएको जनाइएको छ। म्याक्रोनले युक्रेनको ऊर्जा प्रणालीको सुरक्षा तथा द्वन्द्व न्यूनीकरणका लागि यस्तो पहल अघि बढाउनुपर्ने बताएका छन्।

म्याक्रोनले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग पनि भेटवार्ता गरेका थिए। त्यस्तै, उनले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि भेटवार्ता गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका