Wednesday, April 22, 2026
Homeअन्तराष्ट्रियमस्को हमला : रुसी अदालतमा चार जनाविरुद्ध आतंकवादी मुद्दा सुरु

मस्को हमला : रुसी अदालतमा चार जनाविरुद्ध आतंकवादी मुद्दा सुरु

काठमाडौं । रुसले मस्कोको कन्सर्ट हलमा कम्तिमा १३७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा चार संदिग्ध आक्रमणकारीविरुद्ध मुद्दा चलाउन थालेको छ ।

सबै संदिग्धहरूलाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा ल्याइएको थियो, जसमध्ये एक ह्वीलचेयरमा थिए। सबैलाई आतंकवादको आरोप लगाइएको छ।

इस्लामिक स्टेट समूहले शुक्रबार क्रोकस सिटी हलमा आक्रमण गरेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेको छ।

रुसी अधिकारीहरूले कुनै प्रमाण बिना नै यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन् । तर युक्रेनले यी दाबीहरूलाई आधारहीन भनेको छ।

यी चार अभियुक्तहरूको नाम दलर्दजोन मिर्जोएभ, सैदाक्रामी मुरोदली रचाबलिजोडा, शम्सिदिन फरीदुनी र मुहम्मदसोबिर फैजोभ हुन्।

सार्वजनिक भएको भिडियोमा प्रहरीले तीन जना अभियुक्तलाई आँखामा पट्टी बाँधेर रुसको राजधानी बसमेनी जिल्ला अदालतमा लैजाँदै गरेको देखिन्छ । सबै अभियुक्त घाइते अवस्थामा छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका