Wednesday, June 3, 2026
Homeस्वास्थ्य र जीवनशैलीभरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामी, दैनिक १०–१२ उपचार गराइन्छ

भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामी, दैनिक १०–१२ उपचार गराइन्छ

चितवन, ५ साउन — भरतपुर अस्पतालमा विगत तीन महिनाको अवधिमा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। वर्षा सुरु भएसँगै अस्पतालमा सर्पदंशका घटना उल्लेख्य रूपमा बढेका छन्।

अस्पतालको आकस्मिक कक्ष प्रमुख डा. अलाउद्दिन मियाँका अनुसार वैशाखमा ६०, जेठमा १०५ र असारमा १२६ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। तीमध्ये वैशाख र जेठमा गरी पाँच जना र असारमा नौ जना विशालु सर्पले डसेका थिए।

सर्पदंशका बिरामी चितवनसहित मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), तनहुँ, गोरखा र लमजुङबाट पनि आउने गरेका छन्। बिरामीलाई कम्तीमा ६ घण्टासम्म निगरानीमा राखी, लक्षणअनुसार औषधोपचार गरिन्छ।

डा. मियाँका अनुसार करेत, कोभ्रा, गोमन र भाइपरजस्ता विशालु सर्पले डसेका बिरामी गम्भीर हुने गर्छन्। करेत, गोमन र कोभ्राको टोकाइले बिरामीको नशालाई असर गर्छ भने भाइपरले रगतमा प्रत्यक्ष असर पुर्‍याउँछ।

विशालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्ष (ICU) मा राखेर उपचार गरिन्छ भने अन्य बिरामीलाई आकस्मिक कक्षमै राखी उपचार दिइन्छ। अहिले अस्पतालमा दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी आउन थालेका छन्।

भरतपुर अस्पतालमा सर्पदंशको विशेषज्ञ उपचार सुविधा उपलब्ध भएकाले यहाँ बिरामीहरूको चाप बढिरहेको अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका