Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रियबोरामा सुनचाँदी र अर्बौँ रुपैयाँ भरेर लुकाउने व्यापारी पक्राउ

बोरामा सुनचाँदी र अर्बौँ रुपैयाँ भरेर लुकाउने व्यापारी पक्राउ

भारतको कानपुरस्थित अत्तर व्यवसायी पियुष जैनलाई कर छलीको आरोपमा पक्राउ गरिएको छ । उनको घर र कारखानामा पछिल्ला केही दिनदेखि केन्द्रीय एजेन्सीले छापा मारेर अर्बौं नगद बरामद गरेको थियो ।

गुड्स एण्ड सर्भिसेज ट्याक्स (जिएसटी) विभागमा कानपुर क्षेत्रका सहायक आयुक्त सुरेन्द्र कुमारले समाचार एजेनसी पिटिआईलाई यसबारे जानकारी दिँदै जैनलाई थप कारवाहीका लागि अहमदाबाद लैजान सकिने बताए ।

एक अन्य अधिकारीले नाम नबताउने शर्तमा पिटिआईलाई पियुष जैनको घर र कारखानामा लगातार जारी गरिएको छापामारीमा २७५ करोड भारुको नोट र सुन–चाँदी भेटिएका छन् । अधिकारीका अनुसार यो रकमको सम्बन्ध कथित रुपमा एक ट्रान्सपोर्टरको  जिएसटी बचाउनका लागि नक्कली बिलसँग सम्बन्धित छ ।

यस्तै, समाचार एजेन्सी एएनआईले स्रोतलाई उद्धृत गर्दै यी छापामा १८७ करोड भारु बरामद भएको जसको कुनै हिसाब नभएको बताएको छ ।

एएनआईका अनुसार छापापछि अहमदाबादस्थित डायरेक्टरेट जनरल अफ जिएसटी इन्टेलिजेन्सले पियुष जैनलाई पक्राउ गरेको छ ।

को हुन् पियुष जैनः

पियुष जैन मूल रुपमा कन्नौजमा बस्छन् । उनीसँग कन्नौजमा एउटा घर, अत्तर कारखाना, कोल्ड स्टोरेज र पेट्रोल पम्प छ ।

यसबाहेक उनको मुम्बईमा पनि उनको एउटा घर छ र एउटा शोरुम पनि छ । उनका कम्पनी मुम्बईमा रजिस्टर पनि भएका छन् ।

अधिकारीका अनुसार पियुष जैन करिब ४० कम्पनीका मालिक हुन् । यीमध्ये दुई मध्यपस्र्वमा पनि छन् । यद्यपि, उनी मुख्य रुपमा अत्तर व्यवासयीको रुपमा नै चिनिन्छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका