Wednesday, June 3, 2026
Homeस्वास्थ्य र जीवनशैलीप्रत्येक जिल्ला अस्पतालमा आँखा स्वास्थ्य शाखा स्थापना गछौँ : स्वास्थ्य मन्त्री

प्रत्येक जिल्ला अस्पतालमा आँखा स्वास्थ्य शाखा स्थापना गछौँ : स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आँखा स्वास्थ्यका लागि पनि स्थानीय तहले बजेट छुट्याउनुपर्ने बताएका छन् । मन्त्री खतिवडाले आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रम बजेट अभावले रोकिन नहुनेमा जोड दिए ।

नेत्र ज्योति संघद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘आँखा स्वास्थ्य कार्यक्रम बजेट अभावमा कुनै पनि कार्यक्रम रोकिनु हुँदैन’ उनले भने, ‘स्थानीय तह, प्रदेश तह र केन्द्र तहले समन्वय गरेर आँखा स्वास्थ्यका लागि काम हुनुपर्छ ।’

नेत्र ज्योती संघ लगायतका केही संघ संस्थाहरुले स्थानीय तहसँग मिलेर उदाहरणीय काम गरेको भन्दै उनले अन्य स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्न समेत आग्रह गरे ।  बजेट निर्माण गर्दा कुनै संस्थाले आँखा स्वास्थ्यका लागि बजेट छुट्याउन माग गरेमा कुनै पनि गाउँपालिकाले नाइनस्ती गर्ने अवस्था नरहेको उनको भनाइ छ । मन्त्री खतिवडाले स्वास्थ्य आँखा अस्पताल विस्तार गरिने तयारी भैरहेको समेत बताए । उनले भने, ‘प्रत्येक जिल्ला अस्पतालमा आँखा शाखा स्थापना गछौँ ।’

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका