Tuesday, April 21, 2026
Homeअपराध र घटनापोखरामा जर्मन नागरिकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

पोखरामा जर्मन नागरिकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

गण्डकी । प्रहरीले धारिलो हतियार देखाएर विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

आइतबार पोखरा–२२ अनदु जंगलस्थित सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टीन एक्लै हिँडिरहेका बेला खुकुरी देखाई हातपात गर्दै अभद्र व्यवहार गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घटनामा संलग्न दुई जनालाई एक थान खुकुरीसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन विक र तनहुँ व्यास नगरपालिका–५ का २१ वर्षीय विशाल दर्लामी रहेका छन्।

प्रहरीले उनीहरू विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका