Wednesday, June 3, 2026
Homeस्वास्थ्य र जीवनशैलीपाठेघर क्यान्सर रोकथामका लागि एचपीभी खोप, बालबालिकालाई निःशुल्क उपचार सेवा

पाठेघर क्यान्सर रोकथामका लागि एचपीभी खोप, बालबालिकालाई निःशुल्क उपचार सेवा

काठमाडौँ । सरकारले पाठेघरको क्यान्सर रोकथामका लागि एचपीभी खोप र १४ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा दिने घोषणा गरेको छ।

शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन्।

राष्ट्रपतिले हरेक वर्षको फागुन महिनालाई ‘नसर्ने रोग स्क्रिनिङ महिना’ घोषणा गरी कार्यक्रम सञ्चालन गरिने बताउँदै भने, “क्यान्सर तथा मृगौला प्रत्यारोपण उपचार सेवा प्रदेशस्तरमा विस्तार गरिनेछ।”

साथै, सरकारले अत्याधुनिक न्यूरो साइन्स केन्द्र स्थापना गर्ने घोषणा पनि गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका