Sunday, July 5, 2026
Homeराजनीतिपर्दो छानबिनमा सहमति भए प्रतिनिधिसभाको अवरोध खुल्छः अध्यक्ष दाहाल

पर्दो छानबिनमा सहमति भए प्रतिनिधिसभाको अवरोध खुल्छः अध्यक्ष दाहाल

काठमाडौं: प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको विपक्षी दलहरूको बैठकले भरपर्दो छानबिन प्रक्रिया सुनिश्चित भए प्रतिनिधिसभाको बैठक अवरोध हटाउने निर्णय गरेको जानकारी दिएका छन्।

आज पनि संसद् बैठक अवरुद्ध भएपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता दाहालले सत्ता पक्षको धारणा स्पष्ट पार्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्ने निर्णय पनि बैठकले गरेको बताए।

दाहालका अनुसार, पतञ्जली जग्गा प्रकरणमा न्यायिक छानबिनका लागि संसदीय छानबिन समिति वा पूर्वन्यायाधीशको संयोजकत्वमा विशेष छानबिन समिति गठन गर्ने प्रस्तावमा सत्तापक्षसँग अझै सहमति जुट्न बाँकी छ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा दायर गरिएको विषयमा उनले अचम्म व्यक्त गर्दै भने, “अदालतले माधव नेपाललाई न्याय गर्नेछ भन्ने विश्वास छ। तर, ललिता निवास र पतञ्जली प्रकरण दुबै नीतिगत निर्णयका विषय हुन्, तर अख्तियारले फरकफरक दृष्टिकोण अपनाएको देख्दा आश्चर्य लाग्छ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका