Thursday, June 4, 2026
Homeमुख्य समाचारत्रिभुवन विमानस्थल क्षेत्रमा एक महिनासम्म प्रदर्शन निषेध

त्रिभुवन विमानस्थल क्षेत्रमा एक महिनासम्म प्रदर्शन निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र एक महिनासम्म प्रदर्शन तथा भेला–जमघट गर्न निषेधाज्ञा जारी गरेको छ। फागुन १ गते विमानस्थल क्षेत्रमा प्रदर्शन गर्ने दाबी गर्दै विभिन्न समूह तथा राजनीतिक दलले विज्ञप्ति सार्वजनिक गरेपछि प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशअनुसार बिहीबारदेखि लागू हुने गरी विमानस्थल परिसरभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था गरिएको छ।

आदेशमा विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसरभित्रका सम्पूर्ण सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायत सम्पूर्ण विमानस्थल हाताभित्र अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभा जस्ता गतिविधि गर्न निषेध गरिएको उल्लेख छ।

प्रशासनले सुरक्षा तथा सेवा प्रवाहमा अवरोध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका