Sunday, June 7, 2026
Homeअपराध र घटनाठगी मुद्दामा रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ

ठगी मुद्दामा रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ

काठमाडौँ, १० असोज । ठगी मुद्दामा फरार रही इन्टरपोलको रेड नोटिसमा परेकी एक महिलालाई प्रहरीले युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ।

पक्राउ पर्नेमा धनुषा जनकपुरधाम–१६ बस्ने र सिन्धुली कमलामाई–१४ घर भएकी ऐश्वर्या दाहाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार अन्तर्राष्ट्रिय खोजतलासका क्रममा इन्टरपोल महासचिवालयमार्फत गत चैत २१ गते दाहालविरुद्ध रेड नोटिस जारी भएको थियो। उनलाई युएईमा पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका