Friday, July 24, 2026
Homeअपराध र घटनाक्रोएसिया पठाइदिने भन्दै १५ लाख ठगी गर्ने पक्राउ

क्रोएसिया पठाइदिने भन्दै १५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ:काठमाडौँ प्रहरीले वैदेशिक रोजगारका लागि क्रोएसिया पठाउने प्रलोभन देखाएर १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–५ निवासी र हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ मा बसोबास गर्ने २९ वर्षीय निम पासी शेर्पा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभएको छ।

प्रहरीका अनुसार, शेर्पाले क्रोएसिया पठाइदिने प्रलोभनमा दुई व्यक्तिबाट १५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका शेर्पालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका