Tuesday, May 5, 2026
Homeअर्थ र ब्यापारकालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने, २८.७० लाख कित्ता सर्वसाधारणका लागि

कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने, २८.७० लाख कित्ता सर्वसाधारणका लागि

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणअन्तर्गत कम्पनीले २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

निष्काशन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गतेसम्म खुला रहनेछ। कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम संकेत गर्दछ।

१५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाबाट कम्पनीले २०७९ माघ २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणाली वा ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका