Wednesday, April 15, 2026
Homeअन्तरवार्ता‘एमसीसी श्रीलंका अध्ययन रिपोर्ट इतिहासमा स्मरणीय रहनेछ’

‘एमसीसी श्रीलंका अध्ययन रिपोर्ट इतिहासमा स्मरणीय रहनेछ’

एमसीसी श्रीलंका अध्ययन समूहका अध्यक्ष कोलम्बो विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक टीएल गुनरुवानको अनुभव नेपाल र नेपालीहरूका लागि काम लाग्न सक्छ । नेपालमा एमसीसीको बहस क्लाइमेक्समा पुगेका बेला श्रीलंकामा यसबारे कसरी बहस भयो र किन एमसीसी त्यहाँबाट फिर्ता भयो भन्ने जानकारी हाम्रा लागि सान्दर्भिक बन्न सक्छ ।

श्रीलंकाले अमेरिकी सहयोग एमसीसीका बारेमा गहिरो अध्ययन र बहस गरेको थियो । यस्तो अध्ययन र बहसमा विज्ञ एवं थिंक टैंकहरूको उल्लेख्य सहभागिता रहेको थियो । यही राष्ट्रिय बहसका क्रममा अर्थाशास्त्री एवं प्राध्यापक ​गुनरुवानले एमसीसी श्रीलंका अध्ययन समूहको अध्यक्षका रुपमा भूमिका खेल्नुभएको थियो ।

एमसीसीसीको सन्दर्भमा श्रीलंकास्थित कोलम्बो विश्वविद्यालयका प्राध्यापक गुनरुवानसँग काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक तारालाल श्रेष्ठले लिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

श्रीलंकामा कस्तो परिवेशबाट एमसीसी सम्झौताको गतिविधि अघि बढ्यो र विवाद चुलिँदै गएर अन्ततः एमसीसी श्रीलंकाबारे विशेष अध्ययन टोली नै गठन गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो ?

एमसीसी विद्यमान दातृ संस्था यूएसएडलाई छायाँमा पार्ने किसिमले नयाँ स्वरुपमा देखा परेको छ । श्रीलंकाले यूएसएडमार्फत अमेरिकी सहायता लामो समयदेखि प्राप्त गर्दै आएकै हो । सन् २००१ देखि नै एमसीसीको प्रस्तावना छलफलको विषय बनेको देखिन्छ । सन् २००४ मा श्रीलंकामा सरकार परिवर्तन भयो । सन् २००५ देखि २०१५ सम्म एमसीसीबारे कुनै प्रक्रिया अघि बढेन । त्यसपछि एकाएक नयाँ सरकार बनेपछि सन् २०१५ देखि २०१८ भित्र एमसीसी सम्झौताका गतिविधिले तिव्रता पायो ।

बाह्य विज्ञ टोलीको अगुवाईमा केहि श्रीलंकनसंलग्न समूहले एमसीसी तयारीका लागि गृहकार्य अगाडि बढाइएको थियो । तिनले एमसीसी सम्झौता दस्तावेज तयार पार्‍यो । जसका कारण श्रीलंकामा ५२ दिनभित्र दुई पटक सरकार परिवर्तन भयो । यस्तो सम्वेदनशील समयमा पनि एमसीसी सम्झौताका कामकारबाही द्रुत गतिमै अघि बढाइयो । जब सम्झौतालाई सदनबाट अनुमोदन तथा हस्ताक्षर गर्ने समय आयो, जनदबाब एकाएक बढ्यो । अगुवा बौद्धभिक्षु कोलम्बोमा आमरण अनसन बसे ।

राष्ट्रपति निर्वाचनको माहोल थियो । आफूलाई भोट दिएर विजयी बनाइदिएमा एमसीसी पास नगर्ने घोषणा जनतामाझ गर्ने अवस्थामा उम्मेदवार उभिए । एमसीसी सम्झौताबारे गहन अध्ययन र विमर्शको आवश्यकता औँल्याइयो । राष्ट्रपतिबाट विशेष अध्ययन टोली गठनको घोषणासँगै भिक्षु अभियन्ताको आमरण अनसन अन्त्य भयो । एमसीसी अध्ययन टोली गठन भई जनवरी २०२० देखि विधिवत अध्ययन कार्य थालनी भयो ।

एमसीसी सम्झौताका सर्तहरू बहुआयामिक विषयसँग जोडिएको बुझिन्छ, अध्ययन समूह टोलीमा तपाईंहरू नियुक्त गरिनुका आधार के हुन् जस्तो लाग्छ ?

यसबारेमा आधिकारिक उत्तर दिन म सक्दिनँ । मन्त्री परिषदबाट निर्णय भई प्रधानमन्त्री कार्यालयबाट हामीलाई नियुक्त गरिएको हो । सम्माननीय प्रधानमन्त्रीलाई विश्लेषणात्मक क्षमताका अलवा प्राविधिक ज्ञानको पनि आवश्यकता पर्ने बोध भएकाले सम्भवत् हामी छनौटमा पर्‍यौँ । निहल जयवर्देना, प्रेसिडेन्ट काउन्सिल, दुई दशक बढी समयदेखि प्रतिष्ठित सरकारी कानुन व्यवसायी हुन् । डिएस जयविरा नीति निर्माणमा सामुदायिक व्यवस्थापकको भूमिका निर्वाह गर्दै मन्त्रालयका सचिव तथा शहरी विकास निकायका अध्यक्षका रुपमा समेत कार्यदक्षता हासिल गरेका विज्ञ हुन् । नालका जयविरा श्रीलंकाको वैदेशिक व्यापार सम्झौता मूल्यांकनमा अग्रणी भूमिका निर्वाह गरेका चार्टर आर्किटेक्ट हुन् । उनले एमसीसी सम्झौताबारे अध्ययन गरी सार्वजनिकरुपमा विचार राख्दै आएका थिए ।

जोखिम पक्कै थिए, हामीले त्यसको पर्वाह गरेनौँ । जोखिमबाट तर्सिएर केहि काम हुनेवाला छैन । यसको अलवा कुनै पनि क्षेत्रमा आवद्ध व्यक्ति वा समूहलाई हरेक राष्ट्रिय मुद्दामा निर्भिक रुपले संलग्न हुने छुट छ । राष्ट्रिय सम्वेदनशील विषयमाथि कुनै पनि पेशाकर्मी वा सर्वसाधारण बोल्न सक्छन् । अझ राष्ट्रिय मुद्दामाथि अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउने छुट कसैलाई छैन ।

म आफैं प्राध्यापकको अलवा राष्ट्रिय योजना आयोग, राष्ट्रिय विकास परिषद्, राष्ट्रिय अर्थशास्त्र परिषद्मा नीति विश्लेषक भई काम गरेको छु । रेलमार्गको जेनेरल निर्देशकदेखि थुप्रै सार्वजनिक संस्थाको व्यवस्थापकीय कार्यमा योगदान दिएको अनुभवका कारण सायद मलाई अध्ययन टोलीको नेतृत्व गर्ने जिम्मेवारी स्वतन्त्र, निर्भीक तथा तार्किक मूल्यांकनसहित निचोडको अपेक्षाले दिएको हुन सक्छ ।

लामो समयदेखि अति विभाजित र विवादास्पद रुपमा विद्यमान राजनीतिक विषयको अध्ययन कार्य सम्पन्न गर्दा कत्तिको जोखिम वा दबाबको सामना गर्नु पर्‍यो ?

हामीले कुनै जोखिम महसुस गरेनौँ । हामीलाई आफ्नो पेशागत स्वतन्त्रतामा रहेर अध्ययनकार्य गर्न भनिएको थियो । हुनत एमसीसी माथि अध्ययन सम्पन्न गरि निचोड निकाल्नु राजनीतिक रुपमा निकै समवेदनशील विषय थियो । तर, स्वतन्त्र अध्ययन कर्म नै स्पष्ट रुपमा हाम्रो पेशागत धर्म थियो । हामीले खुशीसाथ जिम्मेवारी बहन गर्‍यौँ । कुनै पनि विदेशी वा घरेलु शक्तिको प्रभाव, प्रलोभन, व्यक्तिगत वैचारिक लगायत पूर्वाग्रहभन्दा पर रहेर अध्ययन गर्‍यौँ । र, स्पष्ट निचोड प्रस्तुत गर्‍यौँ । त्यसक्रममा हामीले कुनै जोखिमको पर्वाह गरेनौँ । निःस्वार्थ र निर्भिक रुपमा जिम्मेवारी पूरा गर्‍यौँ । जोखिम पक्कै थिए, हामीले त्यसको पर्वाह गरेनौँ । जोखिमबाट तर्सिएर केहि काम हुनेवाला छैन । यसको अलवा कुनै पनि क्षेत्रमा आवद्ध व्यक्ति वा समूहलाई हरेक राष्ट्रिय मुद्दामा निर्भिक रुपले संलग्न हुने छुट छ । राष्ट्रिय सम्वेदनशील विषयमाथि कुनै पनि पेशाकर्मी वा सर्वसाधारण बोल्न सक्छन् । अझ राष्ट्रिय मुद्दामाथि अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउने छुट कसैलाई छैन ।

कोरोना महामारीको पहिलो चरणका बेला सामाग्री संकलन, सरोकारवालासँग भेटघाट, सामान्यजनसँग छलफल, अन्तरक्रिया आदि कार्यलाई निश्चित समयभित्रै सम्पन्न गर्ने काम पनि निकै चुनौतिपूर्ण थिएन र ?    

यी यावत काम पक्कै पनि चुनौतिपूर्ण थिए तर अति असहज भने भएन । हामी पूर्ण रुपमा जिम्मेवारी सम्पन्न गर्न कटिबद्ध थियौँ । प्रधानमन्त्री तथा राष्ट्रपति कार्यालयले आफूसँग भएका सामाग्री उपलब्ध गराउनेदेखि भेटघाट तथा छलफलमा सहयोग गर्‍यो । स्वाधीन तथा तथ्यपरक अध्ययन अघि बढाउने मामलामा पनि सहयोग पुर्‍यायो । हामीले आम नागरिक तथा पेशाकर्मीबाट लिखित प्रतिक्रिया तथा जानकारी प्रदान गर्न सार्वजनिक सूचना मिडियामा प्रकाशन गरिकन आह्वान गरेका थियौँ ।

संसद्‍बाट अनुमोदनसहित एमसीसी सम्झौता दस्तावेजमा हस्ताक्षर गरिएमा श्रीलंका प्राविधिकरुपमा बाँधिने, विद्यमान संविधान र राष्ट्रिय स्वाधीनतामाथि आँच पुर्‍याउने देखियो । सदनबाट दुई तिहाइले सम्झौता पास गरेर मात्रै पनि नपुग्ने, जनमत संग्रह नै आवश्यक पर्ने कतिपय सम्वेदनशील विषय पनि सम्झौतामा छन् । यसर्थ, हामीले सरकारलाई हस्ताक्षर नगर्न सुझायौँ ।

अन्तर्राष्ट्रिय मामिला हेर्ने निकायबाट विश्वका अनुभव बुझे प्रयास पनि गर्‍यौँ । सार्वजनिक कार्यशालासहित अनुसन्धान रिपोर्टमाथि छलफल तथा प्रकाशनका कामलाई पनि प्राथमिकतामा राख्यौँ । कुनै पनि समूह एमसीसीबारे बहस गर्न तयार हुँदा हामीले सहर्ष रुपमा स्वागत गर्‍यौँ । प्रधानमन्त्री कार्यालयमै एमसीसी योजना तथा समन्वय कार्यालय स्थापना गरिएको थियो । त्यहीबाट धेरै अध्ययनकार्य र छलफल सम्पन्न गर्‍यौँ । एमसीसी योजना तर्जुमाका चरणहरूमा प्रत्यक्ष संलग्नहरूसँग छलफल गर्‍यौँ ।

प्रारम्भिक निष्कर्षलाई विभिन्न आधिकारिक निकाय तथा सरोकारवालामाझ प्रस्तुत गरि सुझाव संकलन गर्‍यौँ । कति दस्तावेज भेटिएनन्, १८ वर्ष लामो समयभित्र तयार पारिएका सबै दस्तावेज सहजै प्राप्त हुन सम्भव पनि थिएन । जति सामाग्री भेटिए, तिनलाई हामीले इमान्दारिपूर्वक उपयोग गर्‍यौँ । नभेटिएका दस्तावेजबारे पनि जानकारी गरायौँ । उपलब्ध समयसीमाभित्र हामीले सक्दो तार्किक तथा विस्तृत अध्ययन–विश्लेषण गर्‍यौँ । अन्ततः जुन २०२० मा अन्तिम अध्ययन रिपोर्ट पेश गर्‍यौँ । उक्त रिपोर्ट सार्वजनिक रुपमा राष्ट्रपति कार्यालयको आधिकारिक वेभसाइटमा उपलब्ध छ ।

एमसीसी श्रीलंका अध्ययन रिपोर्ट निष्कर्षले एमसीसी सम्झौता राष्ट्रिय हीत विपरित भएको भन्दै सोझैँ अस्वीकार गर्न सरकारलाई सुझाएको देखिन्छ । कुन आधारमा यस्तो निष्कर्षमा पुग्ने साहस प्राप्त भयो ?   

मलाई विश्वास छ, तार्किकता, सन्दर्भस्रोत र सुझावहरूका आधारमा रिपोर्ट स्पष्ट रुपमा आएको छ । हामीले एमसीसी प्रक्रियाको थालनीदेखि नै गलत गतिविधि भएको पायौँ । त्यसलाई औंल्याएर हामीले रिपोर्टमा स्पष्ट रुपमा उल्लेख गरेका छौँ । प्रक्रिया, विधी र विधानसँग बाझिने विषयलाई स्पष्ट पार्न भनेका छौँ । संसद्‍बाट अनुमोदनसहित एमसीसी सम्झौता दस्तावेजमा हस्ताक्षर गरिएमा श्रीलंका प्राविधिकरुपमा बाँधिने, विद्यमान संविधान र राष्ट्रिय स्वाधीनतामाथि आँच पुर्‍याउने देखियो । सदनबाट दुई तिहाइले सम्झौता पास गरेर मात्रै पनि नपुग्ने, जनमत संग्रह नै आवश्यक पर्ने कतिपय सम्वेदनशील विषय पनि सम्झौतामा छन् । यसर्थ, हामीले सरकारलाई हस्ताक्षर नगर्न सुझायौँ । अध्ययनबाट हतारमा हस्ताक्षर गर्न नहुने निष्कर्ष निस्कियो र हामीले हस्ताक्षर गर्न हुन्न भन्यौँ ।

एमसीसी श्रीलंका विवादमा प्राज्ञिक तथा पेशाकर्मी कत्तिको, कसरी जोडिए ? मेडिया म्यानुपुलेसन र कूलीन बुद्धिकर्मीको दूरुपयोग भएका प्रमाणहरू पनि छन् कि ?

हामीले जे जति दस्तावेज वा जानकारी उपलब्ध भए सकेसम्म सबैलाई बटुल्यौँ । कतिपय प्राज्ञिक आलेख पनि पायौँ । विश्व सन्दर्भलाई पनि केलायौँ । एमसीसीको अन्य मुलुकहरूमा देखिएका प्रभावलाई पनि सक्दो अध्ययन गर्‍यौँ । हामीले अध्ययन गर्ने समयमा एमसीसीबारे विभिन्न मिडियामा बहस भए । रिपोर्ट बुझाएपछि पनि बहसहरू जारी छन् । एमसीसी बहस वा विवादमा निकै सीमित प्राज्ञिक वा पेशाकर्मी संलग्न भएका भेटिन्छन् । जुन अस्वभाविक होइन । प्राय: अधिकांश प्राज्ञिक वा पेशाकर्मी व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्छन् ।

राष्ट्रिय स्वार्थमा बोल्न रुचाउने जहाँतहीँ सीमित मानिस हुन्छन् । हामीले कति प्राज्ञिक वा पेशागत विषय विज्ञ यस विषयमा बोले वा बोलेनन् त्यसको पर्वाह गरेनौँ । स्वाधीन भएर आफ्नो जिम्मेवारी पूरा गर्‍यौं । वस्तुपरक निचोडसहितको रिपोर्ट बुझायौँ । प्रजातान्त्रिक मुलुकको नागरिक, प्राज्ञिक होस् कि पेशाकर्मी वा सर्वसाधारण, राष्ट्रिय हीतलाई केन्द्रमा राखेर बोल्नु नै आगामी पुस्ताका लागि हितकर हुने हाम्रो बुझाई थियो ।

अन्ततः गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले एमसीसी अनुदान अस्वीकार गर्‍यो हगि ? श्रीलंकाबाट एमसीसी फिर्ता हुँदाको क्षणबारे केही वर्णन गरिदिनु हुन्छ कि ?

हाम्रो जिम्मेवारी अन्तिम अध्ययन रिपोर्ट बुझाएपछि सकियो । तैपनि हाम्रो बुझाइमा सरकारले कुटनीतिक ढंगले एमसीसीसँग कुराकानी गर्‍यो । हाम्रो रिपोर्टको निष्कर्षका आधारमा सामाजिक, सांस्कृतिक, राजनीतिक लगायत राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखी सरकारले विद्यमान अवस्थामा सम्झौतामा हस्ताक्षर गर्न असमर्थ रहेको जानकारी एमसीसीलाई गरायो । यो घोषणा कुनै व्यक्तिगत जानकारी वा प्रभावले गर्दा भएको होइन । हामीले कुनै निकाय वा निर्णयलाई प्रभाव पार्न खोजेको पनि होइन । हाम्रो रिपोर्टलाई मन्त्रिपरिषद्ले अध्ययन गर्‍यो । यसमाथि बहस पनि चलायो । अनि हस्ताक्षर गर्न नसकिने जानकारी गरायो । अन्ततः स्वभाविक रुपमा एमसीसी आफैँ फिर्ता हुने निर्णयमा पुग्यो । यद्यपि, संसार चलायमान छ । यसलाई अन्तिम दिनका रुपमा लिन सकिन्न । भूराजनीतिक भाष्यबाट बोल्दा अमेरिकी हिन्द प्रशान्त रणनीतिले आफ्नो स्वार्थपूर्तिको अन्य औजार पनि प्रयोग गर्नेछ । एमसीसी आखिर अमेरिकाको थुप्रै मध्ये एउटा रणनीतिक औजार न हो । अमेरिका, जापान, अस्ट्रेलिया र भारतसंलग्न क्यूएडी जस्ता अन्य औजार पनि प्रयोग हुन सक्छन् । यसर्थ मुलुकलाई राष्ट्रिय स्वाधीनताको क्षयीकरणबाट जोगाउने जिम्मा अझै पनि सबैभन्दा महत्वपूर्ण शक्ति सचेत नागरिककै काँधमा छ ।

एमसीसी श्रीलंका अध्ययन रिपोर्ट निष्कर्षका बारेमा अन्तमा केही छुटेका विशेष कुरा भन्नु छ कि ?

एमसीसी श्रीलंका अध्ययन समितिको अध्यक्षका हैसियतले मैले जुन जिम्मेवारी वहन गरे, त्यसमा म खुशी छु । अन्य सदस्य पनि मेरो बुझाइमा खुशी छन् । किनकि हामीले स्वाधीनताका साथ आफ्नो विज्ञता तथा क्षमतालाई समर्पण गरि अध्ययन कार्य सम्पन्न गरेका थियौँ । यसर्थ पनि अहिलेसम्म कुनै किसिमको दबाब कहीँ कतैबाट सामना गर्नु परेको छैन । किनकि हामीले अध्ययनका क्रममा व्यक्तिगत स्वतन्त्रता, बौद्धिक कर्म तथा पेशागत धर्मलाई पालना गर्‍यौँ ।

हामी यस अर्थमा थप खुशी छौँ कि हामीले हाम्रो पूर्खाप्रति पनि न्याय गर्न सक्यौँ । जसको बलिदानीबाट यस मुलुकले स्वाधीन इतिहास निर्माण गर्‍यो । जसले हामीलाई पसिना बगाई स्वाभिमानी कर्म गर्ने स्वतन्त्र मुलुक सकुशल सुम्पेर गए । हाम्रो रिपोर्ट वहाँहरू जस्ता आम सचेत–स्वाभीमानी नागरिकप्रति सहि अर्थमा समर्पित छ । मलाई पूरा विश्वस छ, हाम्रो अध्ययन रिपार्ट मुलुकको राजनीतिक–आर्थिक इतिहास र यसको विकासक्रममा एक महत्वपूर्ण कोशेढुंगो रेकर्डका रुपमा स्मरणीय रहनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका