Saturday, June 6, 2026
Homeखेलकुदएनपीएलमा लुम्बिनी लायन्स प्लेअफमा, जनकपुरसहित तीन टोली बाहिर

एनपीएलमा लुम्बिनी लायन्स प्लेअफमा, जनकपुरसहित तीन टोली बाहिर

काठमाडौं। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ। आजको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै शीर्ष चारमा स्थान सुनिश्चित गरेको हो।

लुम्बिनीको जीतसँगै जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र चितवन राइनोज एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएका छन्। यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्लेअफ सुरक्षित गरिसकेका थिए।

१३३ रनको लक्ष्य पछ्याउँदै लुम्बिनीले १९.५ ओभरमा छ विकेट गुमाई विजय हासिल गर्यो। कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन योगदान दिए भने जनकपुरका सङ्गीथ कुरेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए।

यसअघिको इनिङ्समा जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३२ रन जोडेको थियो। टोलीका लागि सङ्गीथ कुरेले ४५ रन, मयन यादवले २७ रन र आशिफ शेखले २० रन बनाए।

लुम्बिनीका तर्फबाट कप्तान पौडेल र शेर मल्लले समान दुई–दुई विकेट झारे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका