Wednesday, June 10, 2026
Homeराजनीतिएकीकृत समाजवादीको पदाधिकारी चयन निर्वाचनबाट गरिने, भोलि मतदान

एकीकृत समाजवादीको पदाधिकारी चयन निर्वाचनबाट गरिने, भोलि मतदान

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयन निर्वाचनबाट हुने भएको छ। जसका लागि भोलि मतदान हुने तय भएको छ।
आइतबारदेखि जारी बैठकबाट पदाधिकारी चयन हुन नसकेपछि निर्वाचन गर्न लागिएको हो।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो। बाँकी १८ जना पदाधिकारी टुंग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो।

पदाधिकारी टुंग्याउने विषयमा सहमति जुट्न नसकेसँग निर्वाचन कार्यतालिका नै सार्वजनिक गरिसकिएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए। खतिवडाले आफूले उपाध्यक्षमा उम्मेदवारी दिने पनि बताए।

खतिवडाका अनुसार भोलि विहान ७ बजे मनोनयनपत्र वितरण गरिनेछ। बिहान ७ः३० देखि ८ः३० सम्म मनोनयन दर्तासँगै अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ। त्यस्तै २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। भोलि बेलुका ६ बजेबाट नै मतगनणा सुरु गरिने छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका