अमेरिकाको क्यालिफोर्निया राज्यमा केन्द्र रहेका संस्था द्वय विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघको संयुक्त आयोजनामा ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा सम्पन्न भएको समाचार छ। “वीर पुर्खाहरुको त्याग प्रती आभारी बनौँ! राष्ट्र निर्माताको सम्मान गरौँ !!” भन्ने नाराका साथ सम्पन्न सो प्रतिनिधिमुलक जुम मिटिङ मार्फत सम्पन्न सो समारोहमा नेपाल अमेरिका उच्च पदस्थ व्यक्तित्वहरु लगायत बिभिन्न देशहरुबाट प्रतिनिधित्व भएको थियो।
आयोजक संस्था पश्चिम अमेरिका नेपाली महासंघका अधक्ष उत्तम कुमार कार्कीको सभापतित्वमा सम्पन्न सो समारोहमा रा.प्र.पा का पूर्व अध्यक्ष तथा पूर्व मन्त्री डा प्रकाश चन्द्र लोहनी प्रमुख अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो भने संयुक्त राष्ट्र संघका पुर्व प्रतिनिधि तथा राजदूत प्रा डा जयराज आचार्य बिशिष्ट अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो। त्यसै गरी बिसिष्ट अतिथीहरुमा नेविसंघका पूर्व सभापति तथा नेपाली काङ्रेसका केन्द्रिय सदस्य नैन सिंह महर, क्यालिफोर्नियाका अवैतनिक महावाणिज्य दुत ॠषि ढकाल, नासाका पूर्व अध्यक्ष, पूर्व NRNA ICC सदस्य तथा APAC का पूर्व महासचीव पर्यटन दुत राजा घले हुनुहुन्थ्यो। सो समारोहमा ADWAN संस्थापक अध्यक्ष , NRNA ICC सदस्य जर्सी सिटी मेयर का सल्लाहकार डा बिष्णु माया परीयार, उमा कार्की थापा, प्रेम चौलागाईं , मानव अधिकार संगठन का अध्यक्ष महा मुनिस्वर तथा जस्टिस म्याटरका अध्यक्ष ईन्द्र अर्याल लगायत्ले बिशेष अतिथीको आसनबाट आ आफ्नो मन्तव्य राख्नु भएको थियो। क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाउन सुरु गर्ने सामाजिक अभियन्ता प्रिन्स युवराज कार्किले स्वागत मन्तव्य व्यक्त गर्दै आफूले काफल रेस्टुराँ सन्चालन गरेको बेला सो परम्परा सुरु भएको स्मरण गर्दै सम्पूर्ण पाहुना त्यहाँ आगन्तुकलाई भावपूर्ण स्वागत गर्नु भयो।
सो अवसरमा आयोजक संस्थाहरुको तर्फबाट नेपाल विस्व सहयोग संघ का संस्थापक तथा अन्तरराष्ट्रिय अधक्ष मणी नेपाली पनेरुले दुबै संस्थाहरुको संक्षेपमा परिचय दिँदै महिला नेत्री उमा कार्की थापाको परीकल्पनामा पश्चिम अमेरिका नेपाली महासंघ जन्मेको स्मरण गर्दै र सो संस्था सँग बर्षौँ सहकार्य गर्दै आएको स्पष्ट पार्नु भयो। नेपाली राष्ट्रियतामा खडेरी परिरहेको आजको कष्टप्रद घडीमा वीर नेपाली पुर्खाहरुको स्मरण गर्नु समसामायीक र फलदायी हुने भन्ने सोचमा पश्चिम अमेरिका नेपाली महासंघ वाना र नेपाल विस्व सहयोग संघ एन् ए जी से ले परम्परागत रुपले मनाउँदै आएको राष्ट्रिय एकता दिवस यस् पटक पनि मनाएको कुरा स्पष्ट पार्नु भयो। पनेरुले पृथ्वी जयन्तीको उपादेयता माथि प्रकाश पार्दै आयोजकहरुलाई सो मन्चलाई राजनैतीक बिबादको थलो नबाउन आग्रह गर्दै एकता र सहकार्य बारे कुरा सुन्न आफू लालायित भएको बताउनु भयो।

प्रमुख अतिथी डा प्रकाश चन्द लोहनीले पृथ्वी नारायण शाहले एकिकरण गरे पछी त्यसलाई भाई र परिवार सदस्यलाई नबाँडी अखण्ड राख्नु महत्वपूर्ण रहेको र उनको दिव्योपदेशलाई सैद्दान्तीकरण गर्न पर्ने किनकी ती उपदेशहरु कालजयी भएकोले चीरकाल सम्म उपयोगी हुने बताउनु भयो। उनिले भौगोलिक एकता मात्र नगरेर साँसकृतिक एकता गरेकोले उनले राष्ट्रलाई लाएका गुनलाई सम्झि आदर गरौँ, सम्मान गरौँ भन्नु भयो। सो स्मारोहमा बिशिष्ट अतिथी प्रा डा जयराज आचार्यले पृथ्वी नारायण शाहले नेपाल एकीकरण हामीलाई पहिचान दिएको कुरो बताउँदै समयको माग थियो भन्नु भयो । उहाँ यदी एकीकरण नभएको भए के हुन्थ्यो भन्ने प्रश्न राख्दै हामी भारत वा चीनको अङ्ग भएर रहन पर्ने कटु यतार्थलाई उजागर गर्दै पृथ्वी नारायण शाहको बहुआयामिक व्यक्तित्वको चर्चा गर्नु भयो।
त्यसै गरी बिशिष्ट अतिथी नैन सिंह महरले पृथ्वी नारायणप्रती श्रद्दा सुमन अर्पण गर्दै एक सानो राज्यको राजाले हाल भन्दा पनि बिशाल नेपालको निर्माण गरेको कुरा बिर्सन नहुने बताउनु भयो। सो एकीकरण को प्रकृयामा सहभागीहरुलाई पनि सम्मान गर्ने पर्ने कुरालाई जोड जोड दिनु भयो। अमेरिका वा विदेशमा रहने नेपालीहरुले मातृभूमी नेपालको लागि सकारत्मक उर्जा दिन पर्ने कुरा उल्लेख गर्दै देश बाहिर र देश भित्र रहेका नेपालीहरु एक हुन पर्ने कुरा बताउनु भयो। क्यालिफोर्नियाका अवैतनिक महावाणिज्य दूत ॠषि ढकालले विशिष्ट अतिथीको हैसियतले बोल्दै राजा र नेताहरुको बायोडाटा र विचारको मात्र कुरा नगरि वास्तविक जीवनमा लागु गर्न सके पृथ्वी जयन्तीको सार्थकता हुने कुरा बताउनु भयो।
सो समारोहमा बिशेष अतिथीहरु NRNA NCC USA का सल्लाहकार नारायण सोमनामे, NRNA NCC USA का बोर्ड अफ डाईरेक्टर ज्ञानेन्द्र गुरुङ जन संपर्क समिती अमेरिका उत्तर क्यालिफोर्नियाकी उपसभापती लक्ष्मी कार्की, NRNA NCC USA का पश्चिम छेत्रीय सँयोजक श्रीराम थापा, सोही संस्थाका क्यालिफोर्निया च्याप्टर अध्यक्ष एकदेव शर्मा , महिला सँयोजक गीता बजगाईँ, च्याप्टर बोर्ड अफ डाईरेक्टर उत्तम धमला, समाजसेवी सुरेश हमाल, , एन ए एन सि का अध्यक्ष इश्वर सिटौला, NRNA NCC USA California कि सल्लाहकार महिला नेत्री हेमा पनेरु लगायतले मन्तव्य राख्नु भएको थियो। सो समारोहमा बिशिष्ट अतिथिको आसनबाट बोल्दै सामाजिक अभियन्ता राजा घलेले जोडदार रुपमा राख्नु भएको “पृथ्वी जयन्तीलाई सरकारी स्तरमा नै राष्ट्रिय दिवस घोषणा गरियोस” भन्ने प्रस्तावको सहभागी वक्ता र उपस्थित सबैले मुक्त कन्ठले प्रसँसा गर्दै समर्थन जनाउनु भएको थियो।
सो समारोहका सभापति पस्चिम अमेरिका नेपाली महासंघ वाना का अध्यक्ष प्रेसिडेन्ट भोलन्टियर सर्भिस अवार्ड स्वर्ण पदक बिजेता सामाजिक अभियन्ता उत्तम कुमार कार्कीले सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन सहयोग पुर्याउनु भएकोमा हार्दिक धन्यवाद दिँदै एकता र सहकार्यको लागि हार्दिक आव्हान गर्नु भयो। उहाँले जोडदार रुपमा पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सम्पूर्ण सरकारी र गैर सरकारी संस्थाहरु एक हुन पर्ने बताउँदै सो बारे प्रधानमन्त्रिलाई स्मृति पत्र पेश गर्ने घोषणा समेत गर्नु भयो। क्यानडा र अमेरिकाका लागि सान्स्क्रितीक दुत बरिष्ठ सङ्गितकार तथा गायक पूर्ण नेपालीले पृथ्वी नारायण शाहको जीवनिमा आधारित गीत र गोपाल योन्जनको अर्को राष्ट्रियताको भावनाले ओतप्रोत गीत गाएर समारोहमा रौनक ल्याउनु भएको थियो।
उक्त समारोहमा जनसंपर्क समिती अमेरिका उत्तर क्यालिफोर्नियाका कार्यबाहक सभापति नारायण खनाल, जनसंपर्क समिती नर्दर्न क्यालिफोर्नियाका सचीव हरी भट्ट, सनि सगरमाथा समाजका पूर्व अध्यक्ष तथा समाजसेवी हरिहर दाहाल मदरल्यान्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डे, एन ए जि सी नेपालका कोषाधक्ष गङ्गालाल श्रेष्ठ, द व्हाइट जोन क्यालिफोर्निया च्याप्टरकी बरिष्ठ उपाधक्ष सारदा पराजुली, जापानबाट सहभागी अन्जु न्यौपाने, अफ्रिकाबाट प्रतिनिधित्व गर्दै अन्जु कंडेल, लगायत झन्डै ६५ जनाको सहभागीता रहेको कुरा आयोजकले बताए। सो सो कार्यक्रमको जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सदस्य, एन ए जि सीका अन्तरराष्ट्रिय सल्लाहकार तथा सामाजिक अभियन्ता चन्द्र धितालले कार्यक्रमको बारे सङ्क्षेपमा प्रकाश पार्दै रोचक ढङ्गले सँचालन गर्नु भएको थियो भने युवा समाजसेवी उत्तम धमला र हरी ओझाले प्राविधिक सेवा प्रदान गर्नु भएको थियो। लोकप्रिय मिडियाहरु खुल्ला मन्च, हलीवुड खवरको समेत सहयोगमा दुर्विन नेपालले फेस बुक लाइभ गरी प्रसार गर्नु भएको थियो। सो प्रत्यक्ष प्रसाण निम्न लिन्कमा गएर हेर्न सकिने छ।
https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=1294404527725861



