सिरहा । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोलबजार नगरपालिका–११ का वडा सभापति दानिश खान पक्राउ परेका छन्।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा खानलाई गोलबजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ।
गत साउन १४ गते भएको उक्त घटनामा खानको मुख्य भूमिका रहेको आरोप लगाउँदै दुई महिनाअघि उनीविरुद्ध जाहेरी दर्ता भएको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार सोही मुद्दामा प्रहरीले गए राति गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरलाई समेत पक्राउ गरेको थियो।