काठमाडौं । सरकारका पछिल्ला निर्णय तथा गतिविधि विवादित बन्दै गएको भन्दै नेपाली कांग्रेसले त्यसबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ।
बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।
बैठकमा सरकारका पछिल्ला निर्णय र गतिविधिबारे गम्भीर समीक्षा गरिनेछ। आवश्यक परे सरकारको ध्यानाकर्षण गराउने तयारीसमेत कांग्रेस पदाधिकारीहरूले गरेका छन्।
यसका साथै बैठकमा पार्टीका आन्तरिक विषयमा पनि छलफल हुनेछ। नेताहरूको कार्यविभाजन, आगामी स्थानीय तहको निर्वाचनको तयारीलगायत संगठनात्मक एजेन्डालाई बैठकमा प्राथमिकताका साथ उठाइने बताइएको छ।